१६ असोज २०८३ English
English

काठमाडौँ क्लाइमेट विक शुक्रबारदेखि, जलवायु न्यायमा तीन दिन छलफल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
काठमाडौँ क्लाइमेट विक शुक्रबारदेखि, जलवायु न्यायमा तीन दिन छलफल

YouTube मा सब्स्क्राइब

जलवायु न्याय, स्थानीय पहल र विश्वव्यापी जलवायु कूटनीतिमा केन्द्रित काठमाडौँ क्लाइमेट विक २०२६ शुक्रबार, असोज १६ गतेदेखि सुरु हुँदै छ। 'जलवायु उत्थानशीलताका लागि जलवायु न्याय: स्थानीय पहलदेखि विश्वव्यापी कूटनीतिसम्म' भन्ने नारा राखिएको कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले गर्नुहुनेछ। असोज १८ गतेसम्म चल्ने तीनदिने कार्यक्रममा सांसद, नीति निर्माता, दलका प्रतिनिधि, जलवायु विज्ञ र अभियन्ता, आदिवासी तथा प्रभावित समुदाय, युवा, अनुसन्धानकर्ता, नागरिक समाज, निजी क्षेत्र, वित्तीय संस्था, सञ्चारकर्मी र विकास साझेदार सहभागी हुने अधिवक्ता अर्णव चौधरीले बताउनुभएको छ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको विषय प्राथमिकतामा रहने आयोजकको भनाइ छ। बढ्दो तापक्रम, हिमनदी पग्लनु, वर्षाको फेरिँदो ढाँचा र बाढीजस्ता समस्या पनि छलफलमा आउनेछन्। देशभरका समुदायका अनुभव र समाधानलाई राष्ट्रिय नीति तथा अन्तर्राष्ट्रिय जलवायु कूटनीतिसँग जोड्ने कार्यक्रमको उद्देश्य छ।

पहिलो दिन संयुक्त राष्ट्रसंघीय महासभादेखि कोप ३१ सम्म नेपालका जलवायु प्राथमिकताबारे उच्चस्तरीय छलफल हुनेछ।

स्रोत

सम्बन्धित समाचार