आज ४४औँ विश्व पर्यटन दिवस, डिजिटल एजेन्डा र कृत्रिम बौद्धिकता मूल नारा

विश्व पर्यटन दिवस आज आइतबार, असोज ११ गते, नेपालमा विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ। यस वर्षको दिवसको मूल नारा 'पर्यटनलाई पुनर्संरचना गर्न डिजिटल एजेन्डा र कृत्रिम बौद्धिकता' रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागले कार्यक्रमको अगुवाइ गरेका छन्।
पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाहरू पनि आयोजनामा सहभागी छन्। दिवसलाई भव्य रूपमा मनाउन पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। विश्वभर हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा यो दिवस मनाउने गरिन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
