२० असोज २०८३ English
English

एउटै पदमा धेरै प्रतिस्पर्धी हुँदा नेताहरू केन्द्रीय कमिटीबाहिर पर्ने चिन्ता छ: गगन थापा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एउटै पदमा धेरै प्रतिस्पर्धी हुँदा नेताहरू केन्द्रीय कमिटीबाहिर पर्ने चिन्ता छ: गगन थापा
तस्बिर: सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी पदाधिकारीको एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

पार्टी सञ्चालनका लागि आवश्यक योग्य नेताहरू पदाधिकारी पदमै एकापसमा प्रतिस्पर्धा गर्दा बाहिरिने जोखिम बढेको उनको भनाइ छ। ‘सबै जना पदाधिकारी बन्ने कोसिस नगरौं,’ उनले भनेका छन्।

थापाले स्थानीय तहमा मेयर, उपमेयर वा प्रदेश सांसद बन्न चाहने नेताहरूलाई केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगर्न पनि सुझाव दिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार