२० असोज २०८३ English
English

कांग्रेस महाधिवेशन: मनोनयन सम्पन्न, महामन्त्रीमा ११ जनाको उम्मेदवारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन: मनोनयन सम्पन्न, महामन्त्रीमा ११ जनाको उम्मेदवारी
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदाधिकारी पदका लागि मंगलबार मनोनयन दर्ता सम्पन्न भएको छ। मनोनयन दर्ताका लागि साँझ ७ बजेसम्मको समय तोकिएको थियो।

सभापति पदमा पार्टी सभापति गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित भएका छन्।

उपसभापति खुलातर्फ डा. चन्द्र भण्डारीसहित ९ जना र समावेशीतर्फ जीवन परियारसहित ५ जनाले उम्मेदवारी दिएका छन्। उपसभापति पदका लागि गण्डकी प्रदेशबाट मात्रै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र धनराज गुरुङसहित ५ जना उम्मेदवार छन्।

महामन्त्री पदमा ११ जनाको उम्मेदवारी परेको छ। कांग्रेसले विधान संशोधन गरेर पहिलोपटक महामन्त्रीको एक पद महिलाका लागि सुरक्षित गरेको छ। सोही व्यवस्थाअनुसार तीन महिला नेताले उम्मेदवारी दर्ता गराएका छन्। सहमहामन्त्री पदमा पनि धेरै उम्मेदवार छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार महाधिवेशनमा ७ हजार २५५ जना प्रतिनिधि मतदाता छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार