१८ असोज २०८३ English
English

बगर बनेको नारायणी किनारमा व्यापारी फर्कन थाले

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बगर बनेको नारायणी किनारमा व्यापारी फर्कन थाले

YouTube मा सब्स्क्राइब

चितवनको नारायणी नदी किनारमा बाढीपछि ठेला व्यवसायीहरू फेरि व्यापारमा फर्किन थालेका छन्। असोज ९ देखि १२ गतेसम्म उर्लिएको नारायणी अहिले शान्त भएको छ। पहिले घुमफिर गर्ने र फोटो खिच्नेको भीड लाग्ने किनारमा अहिले ढुङ्गा र हिलो थुप्रिएको छ।

यस क्षेत्रमा करिब १५० देखि २०० साना ठेला व्यवसायीको जीविका निर्भर छ। साना ठेला किनारको छेउमा राखेर कारोबार सुरु गरिएको छ भने ठूला ठेला सडक र पार्किङ क्षेत्रमै थन्किएका छन्। भरतपुर महानगरपालिकासँगको छलफलपछि व्यवसायी फर्किएका हुन्।

महानगरले किनारसम्म आवतजावत सहज बनाउन बाटो निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ। दस वर्षदेखि यहाँ ठेला चलाउँदै आउनुभएकी तारादेवी परियारले परारको बाढीले थोरै क्षति गरे पनि यसपालि किनार पूरै उजाडिएको बताउनुभएको छ। उहाँका अनुसार दैनिक सामग्री किन्न करिब ३ हजार रुपैयाँ लाग्छ, तर अघिल्लो दिन करिब २ हजार रुपैयाँको मात्र बिक्री भयो।

गैँडाकोटकी ज्योति पौडेल दिदीबहिनी विदेश जानुको सट्टा स्वदेशमै केही गर्ने सोचले पाँच वर्षदेखि यहाँ फास्टफुड बेच्दै आएका छन्। हिँड्ने बाटो ढुङ्गैढुङ्गा भएपछि ग्राहक आउन छाडेको पौडेलले बताउनुभएको छ। पोखराबाट आएर पाँच वर्षदेखि ठेला चलाउँदै आउनुभएकी पवित्रा अधिकारीले व्यापार नभए पनि महानगरलाई मासिक करिब २ हजार ५ सय रुपैयाँ र फोहोर शुल्कबापत करिब २ सय रुपैयाँ तिर्नुपर्ने गुनासो गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार