१३ असोज २०८३ English
English

कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ मा खुलामञ्चमा उद्घाटन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ मा खुलामञ्चमा उद्घाटन

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछाडि सारिएको छ। असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने भनिएको महाधिवेशनको उद्घाटन अब असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मङ्गलबार विज्ञप्ति जारी गरी महाधिवेशनको नयाँ मिति, समय र स्थान सार्वजनिक गर्नुभएको हो।

विज्ञप्तिअनुसार देशका विभिन्न भागमा परेको भारी वर्षाले गर्दा कतिपय निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम अझै टुङ्गिएको छैन। यो जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट आएको कांग्रेसले उल्लेख गरेको छ। वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरका क्षेत्रीय अधिवेशन भने अहिले चलिरहेका छन्। यसअघि नै विभिन्न राजनीतिक दलका नेताहरूलाई महाधिवेशनमा सहभागी हुन निमन्त्रणा पठाइसकिएको थियो। गगन थापा नेतृत्वको संस्थापन पक्षले काठमाडौँमा महाधिवेशनको तयारी अघि बढाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका बनाएको छ।

देउवा पक्षको योजनाअनुसार असोज १५ गते वडा अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन मङ्सिर २१ देखि २३ गतेसम्म चल्नेछ।

स्रोत

सम्बन्धित समाचार