हिमालय एयरलाइन्सको काठमाडौँ–साङ्घाई सिधा उडान फेरि सुरु, हप्तामा दुई

हिमालय एयरलाइन्सले काठमाडौँ र चीनको सांघाईबीच सिधा नियमित उडान फेरि सुरु गरेको छ। कम्पनीका अनुसार असोज १२ गते सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच सेवा पुनः सञ्चालनमा आएको हो। पहिलो उडान सोमबार बेलुका ७ बजेर ११ मिनेटमा काठमाडौँबाट उडेर चिनियाँ समयअनुसार मङ्गलबार बिहान २ बजेर ३६ मिनेटमा सांघाई पुगेको छ।
फर्कने उडान मङ्गलबार बिहान ४ बजेर ३६ मिनेटमा सांघाईबाट उडेर नेपाली समयअनुसार ८ बजेर १३ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। सुरुमा यस रुटमा हप्तामा दुईवटा उडान हुने कम्पनीले जनाएको छ। काठमाडौँबाट सांघाईका लागि प्रत्येक सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौँका लागि प्रत्येक मङ्गलबार र शनिबार उडान हुनेछ।
यो सेवासँगै काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित सिधा उडान चलाउने एक मात्र एयरलाइन्स हिमालय एयरलाइन्स बनेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

