पूर्वाञ्चल विश्वविद्यालयको बजेट स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूर्वाञ्चल विश्वविद्यालयले १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट पारित गरेको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्राडा पन्नाबहादुर थापाले पेस गर्नुभएको आय–व्यय विवरण र नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। सभाको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलले गर्नुभएको थियो।
आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तार विश्वविद्यालयको मुख्य प्राथमिकतामा परेका छन्। गोठगाउँको ८०५ बिघा जमिनमा गुरुयोजनाबमोजिम एकीकृत भौतिक पूर्वाधार निर्माण गरिने विश्वविद्यालयले जनाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात् एआई, डाटा साइन्स र साइबर सेक्युरिटीजस्ता विषयमा नयाँ विशिष्टीकृत पाठ्यक्रम तयार गरेर पढाउने योजना छ।
चिकित्साशास्त्र र इन्जिनियरिङमा पनि विशिष्टीकृत पाठ्यक्रम बनाउने नीति विश्वविद्यालयले लिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

