१३ असोज २०८३ English
English

धितोपत्र बोर्डले ब्रोकरलाई चार श्रेणीमा वर्गीकरण गर्ने, संस्थागत सुधार तीन चरणमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
धितोपत्र बोर्डले ब्रोकरलाई चार श्रेणीमा वर्गीकरण गर्ने, संस्थागत सुधार तीन चरणमा
तस्बिर: सेतोपाटी

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई चार श्रेणीमा वर्गीकरण गर्ने भएको छ। बोर्डले 'धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३' मार्फत यस्तो व्यवस्था ल्याएको हो।

नीतिअनुसार ब्रोकरलाई पुँजी, जोखिम बहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा वर्गीकरण गरिनेछ। जोखिम बहन क्षमताअनुसार फरक–फरक श्रेणीका ब्रोकरले फरक–फरक सेवा दिन पाउनेछन्।

पुँजी बजारका मध्यस्थकर्ता ब्रोकर कम्पनीहरूको वित्तीय, संस्थागत तथा प्रविधिगत क्षमता सुदृढ बनाउने उद्देश्यले यो नीति ल्याइएको बोर्डले जनाएको छ। ब्रोकरको संस्थागत सुधार तीन चरणमा गरिनेछ।

तोकिएको पुँजी र प्राविधिक क्षमता पूरा गर्न नसक्ने ब्रोकरलाई मर्जरमा जान लगाइने र मर्जरमा नगए तल्लो श्रेणीमा झारिने (डाउनग्रेड) व्यवस्था नीतिमा गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार