प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच सर्वोच्च अदालतमा करिब पौने घण्टा भेटवार्ता

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच मंगलबार भेटवार्ता भएको छ। आईजीपी कार्की प्रधानन्यायाधीशलाई भेट्न सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्च स्रोतका अनुसार आईजीपी कार्की मंगलबार अपराह्न करिब ४ बजे सर्वोच्च अदालत पुगेका थिए। दुवैबीच करिब पौने घण्टा छलफल भएको स्रोतले जनाएको छ। केही सञ्चारमाध्यमले भेट करिब ४० मिनेट चलेको उल्लेख गरेका छन्।
यो भेट पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासम्बन्धी प्रकरणपछि भएको हो। सुरक्षा थ्रेट रहेको सूचना आएपछि आइतबार बिहान करिब १ बजे प्रहरी टोली जबराको बाँसबारीस्थित निवास पुगेको थियो।
सरकारले जबरालाई पक्राउ नगरी सुरक्षा थ्रेटका कारण 'रेस्क्यु' गरिएको दाबी गरेको छ। यसैबीच नेपाल प्रहरीका प्रमुख स्वयं सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीशसँग छलफल गरेका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


