१३ असोज २०८३ English
English

बाढीपहिरोले अवरुद्ध एनटीसीका १३० साइट अझै बन्द, शीघ्र सञ्चालन गर्न सञ्चारमन्त्रीको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपहिरोले अवरुद्ध एनटीसीका १३० साइट अझै बन्द, शीघ्र सञ्चालन गर्न सञ्चारमन्त्रीको निर्देशन
तस्बिर: गोरखापत्र

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

बाढी र पहिरोबाट अवरुद्ध नेपाल टेलिकमका १३० साइट अझै सञ्चालनमा आएका छैनन्। यिनै साइटबाट हुने सेवा छिटो सुचारु गर्न मन्त्री तिमिल्सिनाले निर्देशन दिएका हुन्।

पछिल्ला दिनको बाढी र पहिरोले प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या परेको छ। मन्त्री तिमिल्सिनाले अवरुद्ध सेवा चाँडो पुनःसञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई भनेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार