अब पार्टीभित्र अराजकता र अनुशासनहीनता क्षमा हुँदैन: एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, गुटबन्दी र अनुशासनहीनता अब क्षमा नहुने बताएका छन्। उनले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई ‘कट-अफ डेट’ का रूपमा घोषणा गरेका छन्।
मंगलबार कोशी, मधेश, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अब पार्टीको नीति र अनुशासन विपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ।’ उनले अध्यक्ष हटाउने कुरा अपराध भएको र त्यसलाई अब क्षमा नहुने पनि बताए।
अध्यक्ष ओलीले अन्य कुनै पनि दलसँग अब पार्टी एकता नहुने बताए। चुनावी तालमेल वा कार्यगत एकता हुन सक्ने तर झमेलामा फस्ने गरी पार्टी एकता नहुने उनको भनाइ छ।
उनले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वयन गर्न सबै नेता तथा कार्यकर्तालाई अनुशासन र निष्ठामा रहन निर्देशन दिए। राजधानी वा सुविधाभोगी ठाउँमा बसेर कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै उनले नेताहरूलाई ‘टुरिस्ट’ जस्तै नघुम्न पनि निर्देशन दिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


