निजामती सेवा विधेयक संसद्मा पेस गर्ने र अमेरिकी अनुदान स्वीकार्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।
बैठकले मुलुकको स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता पोखरेलका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा उक्त वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको हो।
सोही बैठकले प्रशासन र प्राविधिकतर्फका दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। प्रशासन सेवातर्फकी सहसचिव आभा श्रेष्ठ कर्ण र इन्जिनियरिङ सेवातर्फका डा. जगदीश्वर कर्माचार्य सचिवमा बढुवा भएका हुन्।
निजामती सेवा विधेयक लामो समयदेखि प्रतीक्षामा रहेको थियो। सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न उक्त विधेयक संसद्मा लैजान लागेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


