१३ असोज २०८३ English
English

लोककल्याणकारी विज्ञापन विवाद: प्रेस काउन्सिल र पत्रकार महासंघबीच भनाभन, अध्यक्षमाथि दुर्व्यवहारको आरोप

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लोककल्याणकारी विज्ञापन विवाद: प्रेस काउन्सिल र पत्रकार महासंघबीच भनाभन, अध्यक्षमाथि दुर्व्यवहारको आरोप
तस्बिर: रातोपाटी

लोककल्याणकारी विज्ञापनसम्बन्धी विषयमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघबीच विवाद भएको छ। मंगलबार महासंघको टोली र काउन्सिलका पदाधिकारीबीच भएको छलफलका क्रममा भनाभन भएपछि वातावरण तनावपूर्ण बनेको थियो।

काउन्सिलद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार महासंघको नेतृत्वसँगको छलफलका क्रममा काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठ र कर्मचारीमाथि दुर्व्यवहार भएको छ। काउन्सिलका चार सदस्यले जारी गरेको विज्ञप्तिमा अध्यक्ष श्रेष्ठलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको र कर्मचारीमाथि अपमानजनक व्यवहार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ।

विवादका क्रममा एक पत्रकारले अध्यक्ष श्रेष्ठलाई 'झ्यालबाट टिपेर फालिदिन्छु' भन्दै चेतावनी दिएको समाचारमा उल्लेख छ।

लोककल्याणकारी विज्ञापनको विषयलाई लिएर काउन्सिल र महासंघबीच गम्भीर वादविवाद भएपछि दुई संस्थाबीच तनाव सिर्जना भएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार