१३ असोज २०८३ English
English

गृह मन्त्रालयमा प्रशासनिक फेरबदल: चार सीडीओसहित पाँच सहसचिव र तीन उपसचिवको सरुवा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गृह मन्त्रालयमा प्रशासनिक फेरबदल: चार सीडीओसहित पाँच सहसचिव र तीन उपसचिवको सरुवा
तस्बिर: नेपाल लाइभ

गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका आठ जना अधिकृतको सरुवा तथा पदस्थापना गरेको छ। सरुवा हुनेमा पाँच सहसचिव र तीन उपसचिव छन्।

मन्त्रालयको २०८३ असोज १२ गते सोमबारको निर्णयअनुसार चार प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि सरुवा भएका छन्। यससँगै केही जिल्लाका सीडीओ फेरिएका छन् भने केहीलाई मन्त्रालयमा तानिएको छ।

सरुवा सूचीअनुसार सहसचिव विनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालयमा ल्याइएको छ। त्यस्तै, सहसचिव शान्तिराज प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय सिरहाको जिम्मेवारी दिइएको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी पनि यस पटकको सरुवामा परेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार