१४ असोज २०८३ English
English

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

YouTube मा सब्स्क्राइब

वर्षाका कारण अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक छ दिन बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। कालीगण्डकी गाउँपालिका–२ राक्सेमा गत बिहीबार राति माथिबाट पहिरो खसेपछि सडक पूरै बन्द भएको हो। वर्षा रोकिएपछि सोमबारदेखि स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर लगाएर पहिरो हटाउने काम भइरहेको छ।

गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार हर्मिचौर–अर्वेनी–पुर्तिघाट क्षेत्रमा चारदेखि पाँच ठाउँमा ठूला ढुङ्गासहित पहिरो खसेकाले सडक तुरुन्त खोल्न कठिन भएको छ। शाखा सडकको पहिरो स्थानीय तहले पन्छाइरहेको छ भने मुख्य सडकमा सडक डिभिजन कार्यालयले तीव्र गतिमा काम गरिरहेको छ। मुख्य सडकमा ठूलो पहिरो भएकाले पूर्ण रूपमा खुल्न अझै दुई–तीन दिन लाग्न सक्ने अध्यक्ष थापाले बताउनुभएको छ।

स्थानीय प्रहरी चौकी पुर्तिघाटबाट पनि प्रहरी टोली पहिरो क्षेत्रमा खटिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि लुम्बिनी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

स्रोत

सम्बन्धित समाचार