२४ असोज २०८३ English
English

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

YouTube मा सब्स्क्राइब

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले दसैँ, तिहार र छठका बेला यात्रु ठग्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। शुक्रबार साँझ गोंगबुस्थित नयाँ बसपार्कको अनुगमनपछि उहाँले यो वर्ष चाडपर्वमा करिब १० देखि १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान रहेको बताउनुभएको छ। सोहीअनुसार व्यवस्थापन मिलाउन उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।

सांसद धनेन्द्र कार्कीको संयोजकत्वमा बनेको उपसमितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकिएको उहाँको भनाइ छ। प्रतिवेदनअनुसार यात्रुको सङ्ख्याका तुलनामा बस पर्याप्त भए पनि तिनको व्यवस्थापन आवश्यक छ। बसपार्कभित्र डिजिटल प्रणालीबाट टिकट काट्दा तोकिएकै भाडा लिइएको र टिकटमा यात्रुको नाम, ठेगाना र फोन नम्बर राखिएको उहाँले जानकारी दिनुभएको छ।

यसकारण बसपार्कभित्र ठगीको सम्भावना नरहेको उहाँको भनाइ छ। उहाँले यात्रुलाई आधिकारिक काउन्टर र प्रणालीबाट मात्र टिकट लिन आग्रह गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार