पोप लियो फ्रान्समा, एआई र युरोपको भविष्यबारे छलफल
क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप लियो चौधौँ शुक्रबार चार दिने भ्रमणका लागि फ्रान्स पुग्नुभएको छ। गत वर्ष पोप चुनिएपछि यो उहाँको पहिलो आधिकारिक फ्रान्स भ्रमण हो। सन् २००८ सेप्टेम्बरमा पोप बेनेडिक्ट सोह्रौँपछि भ्याटिकन प्रमुखको यो पहिलो आधिकारिक फ्रान्स भ्रमण पनि हो।
स्थानीय समयअनुसार बिहान करिब १० बजे पेरिसनजिक विमान अवतरण गर्दा फ्रान्सभरका चर्चमा घण्टी बजाइएको थियो। राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उहाँकी पत्नी ब्रिजिटले विमानस्थलमा ७१ वर्षीय पोपलाई स्वागत गर्नुभएको थियो। पोपकी बुवापट्टिकी हजुरआमा फ्रान्समा जन्मिनुभएको थियो।
विमानमा पत्रकारसँग कुरा गर्दै पोपले आफू संसारका अन्य ठाउँझैँ फ्रान्समा पनि ख्रीष्टको शान्ति घोषणा गर्न चाहने येशूका अनुयायीका रूपमा यात्रा गरिरहेको बताउनुभएको छ। भ्रमणका क्रममा उहाँले कृत्रिम बुद्धिमत्ता अर्थात् एआई र युरोपको भावी एजेन्डालगायत विषयमा छलफल र सम्बोधन गर्नुहुनेछ। धार्मिक आस्था भएका युवासँग भेट गर्ने कार्यक्रम पनि छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

