स्थानीय निर्वाचनअघि 'नागरिक जनता पार्टी' दर्ताको तयारी, ढकिया चुनाव चिह्न प्रस्ताव

कैलालीमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीको एउटा समूहले ‘नागरिक जनता पार्टी’ नामको नयाँ दल दर्ता गर्ने तयारी गरेको छ। टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा दल दर्ताको तयारी भइरहेको हो। डगौराका अनुसार आगामी स्थानीय तह निर्वाचनअघि नै दल दर्ता गराउने योजना छ।
प्रस्तावित दलको चुनाव चिह्न गोलाकारभित्र ढकिया राख्ने विषयमा छलफल चलिरहेको उहाँले बताउनुभएको छ। नागरिक उन्मुक्ति पार्टी अघिल्लो स्थानीय निर्वाचनअघि रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको थियो। उक्त पार्टीले कैलालीका १३ स्थानीय तहमध्ये ३ वटामा प्रमुख र एउटामा उपप्रमुख पद जितेको थियो।
नेपाली कम्युनिस्ट पार्टीसँग एकता भएपछि नागरिक उन्मुक्ति पार्टी अहिले निष्क्रिय छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

