२३ असोज २०८३ English
English

अध्ययन बिदामा गई नफर्किएका प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अध्ययन बिदामा गई नफर्किएका प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई निर्देशन

YouTube मा सब्स्क्राइब

सरकारले अध्ययन बिदा लिएर विदेश गएपछि त्रिभुवन विश्वविद्यालय नफर्किएका र लामो समयदेखि सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही अघि बढाउन निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहीबार बसेको त्रिवि सभाको साधारण बैठकमा यस्तो निर्देशन दिनुभएको हो। मन्त्री पोखरेलले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता फिर्ता लिने र जरिवाना असुल्ने प्रक्रिया प्रभावकारी बनाउन भन्नुभएको छ।

सम्पर्कमा नआउने र प्रक्रियामा सहयोग नगर्ने प्राध्यापकमाथि थप कारबाहीका लागि त्रिविले सिआइबी अर्थात् केन्द्रीय अनुसन्धान ब्युरो र अन्य सम्बद्ध निकायलाई पत्र पठाउनुपर्ने उहाँको निर्देशन छ। बैठकमा मन्त्री पोखरेलले त्रिविको अतिक्रमणमा परेका जग्गा फिर्ता ल्याउने कामलाई पनि उच्च प्राथमिकतामा राखेर अघि बढाउन आग्रह गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार