१२ असोज २०८३ English
English

भोटेकोशी–त्रिशूली बाढीले बागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढी क्षति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी–त्रिशूली बाढीले बागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढी क्षति

YouTube मा सब्स्क्राइब

गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीले बागमती प्रदेशको पर्यटन क्षेत्रमा करिब ५२ अर्ब रुपैयाँभन्दा बढी क्षति पुर्‍याएको नेपाल पर्यटन बोर्डले जनाएको छ। विश्व पर्यटन दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोर्डका सदस्य सहदेव धमलाले यो क्षतिको विवरण सार्वजनिक गर्नुभएको हो। उहाँका अनुसार बाढीले प्रदेशका करिब १४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना र मझौला होटलमा क्षति पुगेको छ।

करिब ६५ भन्दा बढी रेस्टुराँ पनि बाढीको चपेटामा परेका छन्। धमलाले प्रभावित परिवारको पुनःस्थापना र पर्यटन व्यवसाय ब्युँताउन छुट्टै विशेष कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ। पुनःस्थापनाका लागि स्थानीय, प्रदेश र संघीय सरकारले आफूसँग भएका स्रोत र साधन अधिकतम रूपमा परिचालन गर्दै मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

क्षतिपूर्तिका लागि बागमती प्रदेशले विशेष कार्यक्रम ल्याउने उहाँले उल्लेख गर्नुभएको छ। सम्बन्धित मन्त्रीले यस विषयमा ध्यान दिने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभएको छ। विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि बोर्डले द्रुत प्रतिकार्य टोली गठन गरेर काम सुरु गरेको छ।

बोर्डले आफ्नो आम्दानी र खर्चलगायत कार्यसम्पादनलाई डिजिटल प्रणालीमा लैजाने तयारी गरेको छ। ग्रामीण पर्यटन प्रवर्धनका कार्यक्रम पनि अघि बढाइएको धमलाले जानकारी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार