१२ असोज २०८३ English
English

हिमपात र पहिरोले कोरला सडक अवरुद्ध, भन्सार यार्डमा कन्टेनर अलपत्र

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हिमपात र पहिरोले कोरला सडक अवरुद्ध, भन्सार यार्डमा कन्टेनर अलपत्र

YouTube मा सब्स्क्राइब

मुस्ताङमा शनिबार रातिदेखि परेको अविरल वर्षा र हिमपातका कारण जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा कोरला नाका ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार म्याग्दी–मुस्ताङ सिमानाको काभ्रेभीरमा पहिरोसँगै ठूला ढुङ्गा खसेर बाटो बन्द भएको छ। थासाङ गाउँपालिका–४ को घाँसा क्षेत्रमा पनि ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध छ।

उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात भएको छ। सडक बन्द हुँदा सयौँ कन्टेनर भन्सार यार्डमै रोकिएका छन्। मुस्ताङ भन्सारका प्रमुख अधिकृत विदुर चुडालका अनुसार भन्सार पास भइसकेका ५० भन्दा बढी कन्टेनर पनि बजारतर्फ अघि बढ्न सकेका छैनन्।

अड्किएका सामानमा चाडपर्व र जाडोलक्षित वस्तुका साथै ठूलो सङ्ख्यामा विद्युतीय सवारीसाधन छन्। उत्तरका अन्य दुई नाका लामो समयदेखि बन्द रहँदा कोरलाबाट ठूलो परिमाणमा आयात भइरहेको थियो। दसैं नजिकिँदै गर्दा यहाँबाट दैनिक ५० भन्दा बढी कन्टेनर भन्सार पास हुने गरेका थिए।

स्रोत

सम्बन्धित समाचार