१२ असोज २०८३ English
English

एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्ले, विपद्पछिको पुनर्निर्माणमा सहयोग आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्ले, विपद्पछिको पुनर्निर्माणमा सहयोग आग्रह

YouTube मा सब्स्क्राइब

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसियाली पूर्वाधार लगानी बैंक अर्थात् एआईआईबीसँग विपद्पछिको पुनर्निर्माणमा सहयोग माग्नुभएको छ। बैंकको वार्षिक बैठकमा भाग लिन कतारको राजधानी दोहा पुग्नुभएका मन्त्री वाग्लेले बैंककी अध्यक्ष जोउ जियायीसँगको द्विपक्षीय भेटमा यस्तो आग्रह गर्नुभएको हो।

मुलुकमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामका लागि वित्तीय र प्राविधिक दुवै किसिमको सहयोग उपलब्ध गराउन उहाँले औपचारिक अनुरोध गर्नुभएको छ। भेटमा अध्यक्ष जोउले नेपालमा हालै आएको प्राकृतिक विपद्प्रति दुःख प्रकट गर्दै यो कठिन घडीमा नेपाललाई सघाउन बैंक तयार रहेको बताउनुभएको छ। मन्त्री वाग्लेले नेपालको विकासमा बैंकले लगातार दिँदै आएको सहयोगप्रति आभार पनि व्यक्त गर्नुभएको छ।

भेटपछि उहाँ विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरूको सम्मानमा अध्यक्ष जोउले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको थियो। एआईआईबीको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठक सेप्टेम्बर २८ र २९ मा दोहामा हुँदै छ। ‘टुमरोज इन्फ्रास्ट्रक्चर: इम्प्याक्ट एन्ड इनोभेसन’ बैठकको मूल नारा रहेको छ।

मन्त्री वाग्लेको नेतृत्वमा नेपाली टोली आइतबार राति हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। त्यहाँ नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र अन्य अधिकारीहरूले टोलीलाई स्वागत गरेका थिए। प्रतिनिधिमण्डलमा सहसचिवद्वय अमृत लाम्साल र उपेन्द्र पाण्डे तथा कार्यवाहक राजदूत राई पनि हुनुहुन्छ।

लाम्साल अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाको नेतृत्व गर्नुहुन्छ।

स्रोत

सम्बन्धित समाचार