ऊर्जामन्त्री श्रेष्ठले गरे कुलेखानी बाँधको निरीक्षण, अहिलेलाई जोखिममुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको बाँधको स्थलगत निरीक्षण गरेका छन्। उनले बाँध अहिलेलाई जोखिममुक्त रहेको बताएका छन्।
असोज ८ देखि १२ गतेसम्म परेको भारी वर्षापछि मन्त्री श्रेष्ठ बाँधको अवस्था बुझ्न आयोजनास्थल पुगेका थिए। केही दिनअघिको लगातारको वर्षाले देशका विभिन्न जलविद्युत् आयोजनामा असर पारेको थियो।
निरीक्षणपछि मन्त्री श्रेष्ठले कुलेखानी जलविद्युत् आयोजनाको बाँध सुरक्षित भएको र त्यसको अवस्था सामान्य रहेको बताए।
मन्त्री श्रेष्ठका अनुसार हाललाई कुलेखानी बाँधबाट कुनै जोखिम छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


