३ कात्तिक २०८३ English
English

दसैँ सुरु भएयता मादक पदार्थ सेवन गरी सवारी चलाउने ६६३ चालक कारबाहीमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ सुरु भएयता मादक पदार्थ सेवन गरी सवारी चलाउने ६६३ चालक कारबाहीमा
तस्बिर: अर्थ सरोकार

दसैँ सुरु भएदेखि अहिलेसम्म मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६६३ जना चालकलाई उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ।

ट्राफिक प्रहरीका अनुसार कारबाहीमा परेका सबै चालक दसैँ सुरु भएयताका हुन्। काठमाडौँमा रक्सी खाएर सवारी चलाउने ६ सयभन्दा बढी चालक कारबाहीमा परेका हुन्।

चाडपर्वका बेला मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि ट्राफिक प्रहरीले निगरानी कडा पारेको छ। दसैँको समयमा सडकमा सवारी साधनको आवतजावत बढ्ने भएकाले ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्धको जाँच जारी राखेको छ।

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन चालकहरूलाई आग्रह गर्दै आएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 3 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार