२३ असोज २०८३ English
English

बाढी प्रभावित रसुवा र नुवाकोटमा सातवटा पुल बनाउने बागमती सरकारको निर्णय

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढी प्रभावित रसुवा र नुवाकोटमा सातवटा पुल बनाउने बागमती सरकारको निर्णय

YouTube मा सब्स्क्राइब

बागमती प्रदेश सरकारले बाढी प्रभावित रसुवा र नुवाकोटमा सातवटा पुल बनाउने निर्णय गरेको छ। हेटौँडामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यातायात सम्पर्क फेरि जोड्न पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार नुवाकोटमा तीन र रसुवामा दुई झोलुङ्गे पुल बन्नेछन्।

नुवाकोटको विदुर नगरपालिका–४ को मेरिस्टोप मार्गलाई वडा नम्बर १२ को कफीबारीसँग जोड्ने स्थान, सिम्तचौर र तिर्तिरे भीरमा झोलुङ्गे पुल बनाइनेछ। रसुवामा स्याफ्रुबेँसी र थुमनबाट लिङलिङ जोड्ने स्थानमा एक–एकवटा झोलुङ्गे पुल बन्नेछन्। बेलिब्रिजचाहिँ नुवाकोटको फलाखु खोलास्थित कुवापानी र विदुरमा त्रिशूली नदी वारपार गर्ने स्थानमा बनाइने मन्त्री केसीले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार