११ असोज २०८३ English
English

न्यूनचापीय क्षेत्र कमजोर हुँदै, सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
न्यूनचापीय क्षेत्र कमजोर हुँदै, सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउने
तस्बिर: रातोपाटी

पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा भइरहेको लगातारको वर्षा क्रमशः कमजोर हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी मध्य भूभागमा भएको भारी वर्षा आज रातिदेखि कम हुँदै भोलि सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउनेछ।

न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले आज रातिको समयमा भारी वर्षाको सम्भावना नरहने र मौसममा धेरै हदसम्म सुधार आउने मौसमविद् सन्जिव अधिकारीले बताएका छन्।

गएराति चितवन–तनहुँलगायतका मध्य क्षेत्रमा ठूलो वर्षा गराएको प्रणाली फेरि पूर्वतर्फ सरेको छ। काठमाडौंसहित बागमती क्षेत्रमा भने दिउँसोपछि मौसममा सुधार हुने अनुमान छ।

आज रातिको समयमा केही ठाउँमा वर्षा भए पनि भोलिदेखि तत्काल ठूलो वर्षाको सम्भावना नदेखिएको बताइएको छ। तर मौसमसम्बन्धी जानकारी लिइरहन आग्रह गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार