११ असोज २०८३ English
English

बाढीपहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, १ हजार ३०३ मेगावाटसम्मको प्रणाली प्रभावित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, १ हजार ३०३ मेगावाटसम्मको प्रणाली प्रभावित
तस्बिर: अनलाइनखबर

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न भागमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विभिन्न लाइन, उत्पादन र लोडमा देखिएको अवरोध करिब १ हजार ३०३ मेगावाट बराबर छ।

मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा विद्युत् प्रणालीमा ठूलो अवरोध देखिएको छ। बाढीले जलविद्युत् गृह, प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुर्‍याएको छ।

बाढीपहिरोका कारण २३ जलविद्युत् आयोजनाको ८५० मेगावाट उत्पादन बन्द भएको र चार जिल्लामा 'ब्ल्याक आउट' भएको बिजमाण्डूले जनाएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमा क्षति पुग्दा करिब २०० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। एक महिनाअघि भोटेकोशी नदीमा आएको बाढीले ४१३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिर गएको थियो।

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। विद्युत् प्रणाली पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणले टोली परिचालन गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार