पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक खुल्यो, पोखरातर्फ जाने सवारीलाई मात्र अनुमति

अविरल वर्षाका कारण आइतबार बिहानदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ। नाम्सी खोलाको पुलमाथि लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
पहिरो पन्छाउने काम सम्पन्न भएपछि आइतबार मध्याह्न १२:१० बजेदेखि पोखरातर्फ जाने सवारीसाधनलाई मात्र आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडकसँगै धादिङ हुँदै जाने पृथ्वी राजमार्गको नागढुङ्गा–नौबिसे–मलेखु सडकमा पनि ठाउँठाउँमा पहिरो खसेपछि आइतबार बिहानैदेखि यी सडक हुँदै चल्ने गाडी चल्न सकेका थिएनन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


