११ असोज २०८३ English
English

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, चितवनका बस्ती डुबानमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नारायणीमा जलसतह खतराको तहभन्दा माथि, चितवनका बस्ती डुबानमा
तस्बिर: रातोपाटी

नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि चितवनका विभिन्न बस्तीमा बाढी पसेको छ। देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर पुगेको छ। नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुन्छ र जलसतह निरन्तर बढिरहेको छ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान पौने ८ बजे विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै नारायणी नदी तथा यसका सहायक नदीमा बाढीको उच्च जोखिम रहेको जनाएको थियो।

नारायणीको बाढी भरतपुर महानगरपालिका–१ को नदी किनारको बस्तीमा पसेपछि स्थानीय प्रभावित भएका छन्। घर र विद्यालय डुबानमा परेका छन् भने घरभित्र पानी पस्दा सामानमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीसहित स्थानीय खोलामा पानीको सतह बढेपछि केही बस्तीमा पानी पस्न थालेको छ भने केही स्थानमा सडकसमेत अवरुद्ध भएको छ। डुबानका कारण दर्जनौँ घर प्रभावित भएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार