चोलेन्द्रशमशेर पक्राउ नगरिएको, सुरक्षाका लागि ल्याइएको प्रहरीको दाबी; नेताहरूको आपत्ति

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (राणा) लाई पक्राउ नगरिएको र सुरक्षाका लागि प्रहरी कार्यालय ल्याइएको प्रहरीले दाबी गरेको छ। एसएसपी सन्तोष खड्काले राणा अहिले पनि सुरक्षाका लागि प्रहरीसँगै रहेको र उनी सुरक्षित हुने सुनिश्चित भएपछि घर पठाइने वा अन्यत्र सुरक्षित राखिने जानकारी दिएका छन्।
मध्यराति साढे १२ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली महाराजगञ्जस्थित राणाको निवासमा पुगेको थियो। करिब डेढ घण्टाको परामर्शपछि टोलीले उनलाई राति करिब २ बजे प्रहरी कार्यालय पुर्याएको थियो।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले फेसबुकमार्फत कुनै प्रमाणबिना पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको भन्दै यसलाई कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन भनेका छन्। एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पनि पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा घरबाट लगिएकोप्रति आपत्ति जनाएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले सुरक्षाको कारण देखाएर पूर्वप्रधानन्यायाधीशलाई प्रहरी कार्यालयमा राख्नु कतिको न्यायसंगत हो भनी प्रश्न गरेका छन्। जेन–जी अभियन्ता माजिद अन्सारीले अदालतको पक्राउ पुर्जीबिना नियन्त्रणमा लिइएको भन्दै सरकारको आलोचना गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


