९ असोज २०८३ English
English

ग्यास आपूर्ति सहज हुँदै, एकै दिन १६२ बुलेट उपत्यका भित्रिए

· १ मिनेट पढाइ
ग्यास आपूर्ति सहज हुँदै, एकै दिन १६२ बुलेट उपत्यका भित्रिए
तस्बिर: रातोपाटी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एकै दिनमा १६२ बुलेट एलपी ग्यास र करिब ५१ हजार सिलिन्डर काठमाडौँ उपत्यका भित्रिएपछि ग्यास आपूर्ति सहज हुँदै गएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले सोमबार प्रतिनिधिसभाको बैठकमा कृष्णभीरमा अवरुद्ध सडकमा दुवैतर्फी आवागमन खुलेपछि बजारमा ग्यासको आपूर्ति सुधार हुँदै गएको बताउनुभएको छ। विभिन्न ठाउँमा लुकाइएका १ हजार सिलिन्डर बरामद गरी उपभोक्तालाई बाँडिएको पनि मन्त्री साहले जानकारी दिनुभएको छ।

मन्त्री साहका अनुसार सामान्य अवस्थामा उपत्यकामा दैनिक करिब ३५ हजार सिलिन्डरको माग हुन्छ, तर उद्योगीहरूले अहिले दैनिक ५० हजार सिलिन्डरसम्म बिक्री गर्ने प्रतिबद्धता जनाएका छन्। उहाँका अनुसार गत वर्षको तुलनामा असोजको पहिलो ४ दिनमा झन्डै ७० प्रतिशत बढी सिलिन्डर ग्यास आपूर्ति भएको छ। अभावको मूल कारण पहिल्याउन मन्त्रालयले 'फिसबोन डायग्राम' नामक प्राविधिक विश्लेषण विधि अपनाएको छ।

उक्त विश्लेषणले अभाव कुनै एउटा निकायको कमजोरीले नभई आपूर्ति, पूर्वाधार, नीति तथा कानुन, वितरण, प्रविधि, जनशक्ति र अन्तर्राष्ट्रिय पक्षको संयुक्त असरले भएको देखाएको छ। आयातमा निर्भरता पनि प्रमुख कारणमध्ये एक देखिएको मन्त्री साहको भनाइ छ। मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको मन्त्री साहले बताउनुभएको छ।

उहाँले चाडपर्वका बेला ग्यास अभावको चिन्ता लिनु नपर्ने आश्वासन दिनुभएको छ।

यो समाचार भिडियोमा

ग्यास आपूर्ति सहज हुँदै, एकै दिन १६२ बुलेट उपत्यका भित्रिए

स्रोत

सम्बन्धित समाचार