१० असोज २०८३ English
English

विश्वकप छनोटको तयारीमा भुटानी क्रिकेट टोली नेपाल आइपुग्यो, सोमबारदेखि पोखरामा अभ्यास

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विश्वकप छनोटको तयारीमा भुटानी क्रिकेट टोली नेपाल आइपुग्यो, सोमबारदेखि पोखरामा अभ्यास

YouTube मा सब्स्क्राइब

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ। टोली पारोबाट बी–३ ७७१ नम्बरको उडानमार्फत शनिबार बिहान काठमाडौँ ओर्लिएको हो। गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले टोलीलाई काठमाडौँमा स्वागत गर्नुभएको छ।

काठमाडौँ–पोखरा सडकको पछिल्लो अवस्था हेरेर भुटानी टोली शनिबार काठमाडौँमै बस्ने भएको छ। टोलीको आगमन र सडकको अवस्थाअनुसार अभ्यास खेलको तालिका मिलाइएको छ। भुटानले सोमबार, असोज १२ देखि पोखरा क्रिकेट मैदानमा चारवटा टी–ट्वान्टी अभ्यास खेल खेल्नेछ।

पहिलो दुई खेल गण्डकी प्रदेशको टोली गण्डकी–११ सँग हुनेछन्। त्यसपछिका दुई खेलमा भुटानले क्यान–११ को सामना गर्नेछ। भुटान एसिया सब–रिजनल क्वालिफायर ‘ए’ मा सहभागी हुँदैछ।

पोखरामा हुने यी प्रतिस्पर्धात्मक खेलले भुटानलाई छनोटको तयारी बलियो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। अभ्यास सकिएपछि भुटानी टोली असोज १७ मा मलेसिया प्रस्थान गर्नेछ।

स्रोत

सम्बन्धित समाचार