१० असोज २०८३ English
English

पश्चिममा आइतबारसम्म भारी वर्षा, सोमबारदेखि मौसम सुध्रने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पश्चिममा आइतबारसम्म भारी वर्षा, सोमबारदेखि मौसम सुध्रने

YouTube मा सब्स्क्राइब

पश्चिम नेपालमा आइतबारसम्म भारी वर्षाको प्रभाव कायम रहने र सोमबारदेखि देशभरको मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारततर्फको न्यून चापीय प्रणाली कमजोर हुँदै उत्तर प्रदेशतिर सरे पनि त्यसको असर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बढी देखिएको छ। विभागका अनुसार आज दिउँसो र राति यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ।

कोशी र बागमतीका एक–दुई स्थानमा पनि आज भारी वर्षाको सम्भावना छ। आज राति लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। वीरेन्द्रनगर, नेपालगञ्ज र पोखरामा आज वर्षाको सम्भावना शतप्रतिशत छ।

पोखराको अधिकतम तापक्रम १९ देखि २१ र नेपालगञ्जको २१ देखि २३ डिग्री सेल्सियस रहने अनुमान छ। काठमाडौँमा ६० प्रतिशत सम्भावनासहित मध्यम वर्षा हुन सक्ने र अधिकतम तापक्रम १९ देखि २१ डिग्री रहने पूर्वानुमान छ। पूर्वी भागमा वर्षा घट्दै गएको छ।

विराटनगर र जनकपुरमा वर्षाको सम्भावना ४० प्रतिशत छ। तराई र केही पहाडी भू–भागमा हावाहुरी चल्न सक्छ। पहाडमा पहिरो तथा तराई र खोँच क्षेत्रमा बाढीको जोखिम उच्च रहेकाले मौसमविद् रोजन लामिछानेले अनावश्यक यात्रा नगर्न आग्रह गर्नुभएको छ।

वर्षाले सडक यातायात पनि प्रभावित हुन सक्ने उहाँले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार