१० असोज २०८३ English
English

एसियाली शारीरिक सुगठनमा सगेन्द्र सिंहलाई स्वर्ण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एसियाली शारीरिक सुगठनमा सगेन्द्र सिंहलाई स्वर्ण

YouTube मा सब्स्क्राइब

नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन्। थाइल्यान्डको राजधानी बैंककमा जारी ५८औँ संस्करणको प्रतियोगितामा उनले पुरुषतर्फको ७५ केजी तौल समूहमा प्रथम स्थान हासिल गरेका हुन्। राष्ट्रिय खेलकुद परिषद्, राखेपका अनुसार सिंहले आफ्नो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै यो उपाधि जितेका हुन्।

यस वर्ष सिंहले जितेको यो दोस्रो अन्तर्राष्ट्रिय स्वर्णपदक हो। यसअघि उनले भुटानमा सम्पन्न १६औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। त्यतिबेला उनले ८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

भुटानको उक्त प्रतियोगितामा नेपालले कुल सात पदक जितेको थियो। ती पदकमा तीन स्वर्ण, तीन रजत र एक कांस्य समावेश छन्।

स्रोत

सम्बन्धित समाचार