१४ असोज २०८३ English
English

भुटानविरुद्ध गण्डकीको लगातार दोस्रो जित, शृङ्खला क्लीन स्वीप

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भुटानविरुद्ध गण्डकीको लगातार दोस्रो जित, शृङ्खला क्लीन स्वीप

YouTube मा सब्स्क्राइब

पोखरा भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टोलीलाई गण्डकी प्रदेशले लगातार दोस्रो खेलमा पनि पराजित गरेको छ। बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले भुटानलाई ६४ रनको अन्तरले हराएको हो। यससँगै गण्डकीले दुई खेलको शृङ्खलाका दुवै खेल जितेर क्लीन स्वीप गरेको छ।

मंगलबार भएको पहिलो खेलमा गण्डकीले ८ विकेटले जित निकालेको थियो। टस जितेको भुटानले गण्डकीलाई पहिले ब्याटिङ गर्न पठाएको थियो। एक समय ४५ रनमा ४ विकेट गुमाएको गण्डकीले २० ओभरमा ७ विकेटको क्षतिमा १९६ रन बनाएको छ।

करण पंगेनीले २७ बलमा र सिब्रिन श्रेष्ठले २४ बलमा बराबर ४५ रन जोडेका छन्। सन्दीप खत्रीले ९ बलमा अविजित ३० रन थपेका छन्। भुटानका थिन्ले जम्त्सोले ४ र सोनाम येशेले २ विकेट लिएका छन्।

जवाफी ब्याटिङमा भुटानको पारी १७ ओभर ४ बलमै १३२ रनमा सकिएको छ। भुटानका सोनाम चोपेलले २१ बलमा सर्वाधिक ४३ र ताशी दोर्जीले ११ बलमा ३१ रन बनाएका छन्। गण्डकीका कप्तान विपिन खत्रीले २२ रन खर्चेर ४ विकेट लिएका छन्।

दीपक डुम्रेले ३ र सिब्रिनले २ विकेट लिएका छन्। भुटानले अब बिहीबार र शुक्रबार क्यान–११ सँग दुई अभ्यास खेल खेल्ने तालिका छ।

स्रोत

सम्बन्धित समाचार