१४ असोज २०८३ English
English

एसियाली खेलकुद: जुडोमा नेपालका चारै खेलाडी पहिलो चरणमै पराजित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एसियाली खेलकुद: जुडोमा नेपालका चारै खेलाडी पहिलो चरणमै पराजित

YouTube मा सब्स्क्राइब

जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदको जुडोमा बुधबार नेपालका चार खेलाडी आफ्नो पहिलो खेलमै पराजित भएका छन्। आइची इन्टरनेसनल एरिनामा भएका प्रतिस्पर्धामा विशेष विक, विकास विक, देवकीमाया श्रेष्ठ र निशा श्रेष्ठ बाहिरिएका छन्। विकासलाई पुरुष ६० केजीमुनिको तौलमा उज्बेकिस्तानका समरिद्दिन कुचकारोभले ४८ सेकेन्डभित्रै इप्पोनमार्फत हराएका छन्।

कुचकारोभ एसियन जुनियर विश्व च्याम्पियनसिपका स्वर्ण विजेता हुन्। विकास र कुचकारोभ दुवैले यसअघिको चरणमा बाई पाएका थिए। महिला ४८ केजी तौलसमूहमा निशा श्रेष्ठ हङकङकी योङ का लीसँग २ मिनेट ३२ सेकेन्डमा इप्पोनमार्फत पराजित भएकी छन्।

महिला ५२ केजीमा अनुभवी खेलाडी देवकीमाया श्रेष्ठ भियतनामकी लाम थी एनगान हासँग युकोको आधारमा पराजित भएकी छन्। दुवैले सिदो अर्थात् पहेँलो कार्ड पाइसकेको अवस्थामा खेल सकिन २० सेकेन्ड बाँकी रहँदा प्रतिद्वन्द्वीले युको अंक पाएकी हुन्। पुरुष ६६ केजीमा विशेष विक हङकङका वाङ का कीसँग पूरा ४ मिनेट लडेर वाजारीको आधारमा पराजित भएका छन्।

अब नेपालका तर्फबाट महिला ७० केजीमुनि पुनम श्रेष्ठ र पुरुष ९० केजीमुनि सुजन गुरुङ प्रतिस्पर्धामा उत्रिनेछन्। नेपालले जुडोको मिश्रित टोली स्पर्धामा पनि भाग लिने कार्यक्रम छ।

स्रोत

सम्बन्धित समाचार