आईसीसी टी–२० बलिङ वरीयतामा ललित राजवंशी ३८ स्थान उक्लिए

नेपाली क्रिकेट टोलीका बायाँहाते स्पिनर ललित राजवंशी आईसीसीको टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा ३८ स्थानको फड्को मार्दै ८०औँ स्थानमा पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बुधबार अद्यावधिक गरेको वरीयता सूचीअनुसार ललितको रेटिङ अंक अहिले ४६८ कायम भएको छ। जापानमा भएको एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानविरुद्धको खेलमा ललितले ४ ओभरको स्पेलमा १३ रन मात्र खर्चेर ३ विकेट हात पारेका थिए।
एक खेलको सोही प्रदर्शनले नै उनको वरीयता माथि उकासेको हो। सो प्रतियोगितामा नेपालले २ खेल मात्र खेलेको थियो र तीमध्ये एउटा खेलमा मात्र नेपाली टोलीले बलिङ गर्ने अवसर पाएको थियो। बलिङ वरीयतामा नेपालका सन्दीप लामिछानेले पनि २ स्थानको सुधार गर्दै ४७औँ स्थान ओगटेका छन्।
दीपेन्द्रसिंह ऐरी पनि १ स्थान माथि उक्लिएर ५९औँ स्थानमा पुगेका छन्। टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा भने ऐरी पहिलेजस्तै चौथो स्थानमा कायम छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


