मधेसमा विश्वस्तरीय विद्यालय आवश्यक: शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा कम्तीमा १०० वटा विश्वस्तरीय विद्यालय स्थापना गर्ने योजना सुनाउनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले बाराको सिमरामा आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। मधेशको शिक्षा क्षेत्र रूपान्तरण गर्न काठमाडौँको ऐतिहासिक दरबार हाइस्कुलजस्तै सुविधासम्पन्न विद्यालय चाहिने उहाँको भनाइ छ।
कार्यक्रममा मधेशकेन्द्रित शिक्षा सुधारका योजना प्रस्तुत गर्दै उहाँले दरबार हाइस्कुलको अवधारणामा विशेष जोड दिनुभयो। मधेशमा गुणस्तरीय पूर्वाधारसहितका नमुना विद्यालय खोल्ने सरकारको योजना रहेको उहाँले जानकारी दिनुभएको छ। मन्त्री पोखरेलका अनुसार प्रधानमन्त्रीले मधेशमा विश्वस्तरीय विद्यालय खोल्न सुझाव दिनुभएको थियो र यसबारे दुवैबीच परामर्श पनि भएको छ।
प्रस्तावित विद्यालयहरू माध्यमिक तहसम्मका हुनेछन्। सञ्चालनमा रहेका विद्यालयलाई नै रूपान्तरण गर्ने वा अर्को स्थानमा सारेर चलाउने जस्ता विभिन्न ढाँचामा काम गर्न सकिने उहाँको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


