आन्दोलनमा ध्वस्त पोखरा महानगरको भवन भत्काउन सुरु

जेनजी आन्दोलनका क्रममा जलेर खण्डहर बनेको पोखरा महानगरपालिकाको भवन भत्काउने काम सुरु भएको छ। महानगरपालिकाले भवन भत्काएर जग्गा सफा गर्ने जिम्मा एक निजी कम्पनीलाई दिएको छ। यस कामका लागि ३ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको छ।
सम्झौताअनुसार कम्पनीले आगामी पुस १५ गतेसम्म भग्नावशेष हटाएर जग्गा खाली गरिसक्नुपर्नेछ। आफ्नै भवन नष्ट भएपछि महानगरपालिकाले हाल भाडाको भवनबाट सेवा दिँदै आएको छ। त्यसका लागि महानगरले मासिक साढे ७ लाख रुपैयाँ भाडा तिरिरहेको छ।
स्थायी कार्यालयका लागि महानगरपालिकाले पोखरा–१७ स्थित ड्यामसाइड क्षेत्रमा ६८ करोड रुपैयाँमा नयाँ भवन बनाउने योजना बनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


