२१ असोज २०८३ English
English

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान धादिङबाट सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान धादिङबाट सुरु

YouTube मा सब्स्क्राइब

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकसँग प्रत्यक्ष संवाद गर्न ‘हामी आउँदैछौँ’ अभियान धादिङबाट सुरु गरेको छ। रास्वपा धादिङले मंगलबार, आश्विन २० गते धादिङबेसीमा अभियानको शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो। पार्टीका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले चुनावका बेला मात्र मतदाताकहाँ पुग्ने चलन अन्त्य गर्ने उद्देश्यले अभियान थालिएको बताउनुभएको छ।

नागरिकका समस्या, चाहना र जनप्रतिनिधिप्रतिको धारणा सिधै बुझ्नु अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभएको छ। उहाँका अनुसार सिंहदरबार र आम नागरिकबीचको दूरी बढ्दा जनताको दुःखसुख बुझ्न कठिन हुने भएकाले टोली घरदैलोमै पुगेको हो। वडा तहसम्मका नेता र कार्यकर्तासँगको छलफलबाट आएका सुझाव पार्टीको नीति निर्माण र सङ्गठन सुधारमा प्रयोग गरिने प्रवक्ता खरेलले जानकारी दिनुभएको छ।

सांसदले आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित नरही देशभरका नागरिकका मुद्दा उठाउनुपर्ने उहाँको धारणा छ। धादिङ आउने बाटोमा बाढीले क्षति पुर्‍याएका सडक र पुल देखेको उल्लेख गर्दै उहाँले ती पूर्वाधार छिटो पुनःनिर्माण गर्नुपर्ने बताउनुभएको छ। खरेलसहित सांसद बसुमाया तामाङ र डा.

राम लामा पनि अभियानमा सहभागी हुनुहुन्छ।

स्रोत

सम्बन्धित समाचार