२१ असोज २०८३ English
English

फिजीमा परराष्ट्रमन्त्री खनालको जलवायु सन्देश, अब अस्ट्रेलिया भ्रमण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
फिजीमा परराष्ट्रमन्त्री खनालको जलवायु सन्देश, अब अस्ट्रेलिया भ्रमण

YouTube मा सब्स्क्राइब

परराष्ट्रमन्त्री शिशिर खनालले भौगोलिक दूरी भए पनि नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपङ्क्तिमा उभिएको बताउनुभएको छ। फिजीमा मंगलबार भएको ‘प्रि–कोप लिडर्स इभेन्ट’ अन्तर्गतको उच्चस्तरीय ‘लिडर्स प्लेनरी’ सत्रलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर एकअर्कासँग गाँसिएको उल्लेख गर्नुभयो। उहाँको सचिवालयका अनुसार अग्लो हिमाली मुलुक नेपाल र साना टापु राष्ट्रले जलवायु परिवर्तनबाट उस्तै खालका चुनौती झेलिरहेको मन्त्री खनालको भनाइ छ।

जलवायु परिवर्तनको असर हिमालमै सीमित नरहेको उहाँले औँल्याउनुभयो। हिमालयका हिमनदी पग्लँदा समुद्री सतह बढ्ने र प्रशान्त क्षेत्रमा अझ शक्तिशाली चक्रवातको जोखिम चर्किने उहाँको तर्क थियो। यसैबीच मन्त्री खनाल अस्ट्रेलियाली सरकारको निमन्त्रणामा चार दिने आधिकारिक भ्रमणमा अस्ट्रेलिया जाँदै हुनुहुन्छ।

अस्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदूत तारा गौतमका अनुसार उहाँ बुधबार दिउँसो मेलबर्न पुगेर सोही दिन अस्ट्रेलियाली परराष्ट्रमन्त्री पेनी वङसँग भेटवार्ता गर्नुहुनेछ। शुक्रबार सिड्नीमा न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग भेट्ने र क्यानबेरामा प्रतिपक्षी लिबरल पार्टीका नेतासँग छलफल गर्ने कार्यक्रम छ।

स्रोत

सम्बन्धित समाचार