१२ असोज २०८३ English
English

पूर्वप्रधानन्यायाधीश जबराको परिवारले मागे सुरक्षा, पत्रबारे प्रहरीका फरक भनाइ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वप्रधानन्यायाधीश जबराको परिवारले मागे सुरक्षा, पत्रबारे प्रहरीका फरक भनाइ
तस्बिर: रातोपाटी

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र परिवारको जिउज्यानको सुरक्षामा चुनौती बढेको भन्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसँग माग गरेका छन्। उनका छोरा सचिन्द्रशमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै परिवारको सुरक्षामा थप ध्यान दिन आग्रह गरेका हुन्।

सुरक्षा मागसहितको उक्त पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

पत्रबारे प्रहरीका फरक भनाइ आएका छन्। सुरुमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठोरले त्यस्तो निवेदन प्राप्त नभएको बताएका थिए। पछि सोही कार्यालयका डीआईजी गोविन्द थपलियाले सुरक्षा मागेको पत्र प्राप्त भएको बताए।

पूर्वप्रधानन्यायाधीश जबरा शनिबार मध्यरातमा पक्राउ परी करिब १२ घण्टापछि प्रहरीबाट छुटेका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार