१२ असोज २०८३ English
English

चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीको प्रतिबद्धता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीको प्रतिबद्धता
तस्बिर: बिजमाण्डू

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ। सोमबार बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघले यस्तो प्रतिबद्धता जनाएको हो।

बैठकले पूर्वाधार विकास मन्त्रालयलाई दसैंमा यात्रुले सजिलै बसको टिकट पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सवारी सञ्चालनका लागि तोकिएको स्थानबाटै टिकट बिक्री गर्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ।

नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वलाई लक्षित गरेर प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ। यात्रु ठगी रोक्न सहायता कक्ष र ‘क्यू–फ्री’ प्रणालीलाई प्रभावकारी बनाइने जानकारी प्रहरीले समितिको बैठकमा दिएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार