वीरगञ्जका विद्यालयलाई शनिबार र आइतबार अनिवार्य बिदा दिन निर्देशन

वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई हरेक हप्ता शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन निर्देशन दिएको छ। वीरगञ्जका केही संस्थागत अर्थात् निजी विद्यालयले आइतबार पनि नियमित कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरले यो कदम चालेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा लागू गर्न स्थानीय तहलाई अनुरोध गरेको थियो।
मन्त्रालयको अनुरोधपछि पनि केही विद्यालयले आइतबार पढाइ जारी राखेको थाहा पाएपछि दुई दिन अनिवार्य बिदाको निर्देशन दिइएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले बताउनुभएको छ। नगर शिक्षा समितिले यही असोज ५ गते गरेको निर्णयका आधारमा शैक्षिक प्रशासन महाशाखाले परिपत्र जारी गरेको छ। परिपत्रमार्फत सबै विद्यालयलाई सञ्चालनमा एउटै नियम पालना गर्न ताकेता गरिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


