सडक मर्मतपछि रसुवा र नुवाकोटका धार्मिक–पर्यटकीय क्षेत्र घुम्न सुरक्षित

भदौको बाढीले क्षति पुर्याएका सडक मर्मत भएपछि रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र घुमफिरका लागि सुरक्षित रहेको स्थानीय होटल व्यवसायी र नागरिक समाजले जनाएका छन्। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि नदी किनारका क्षेत्रबाहेक अन्य ठाउँमा दैनिक जीवन सामान्य बनेको छ। रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार त्रिशूलीदेखि वेत्रावतीसम्म सवारी चल्न थालेका छन् र शाखा सडक पनि बनाइएका छन्।
होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोट र होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले नदी किनारबाहेक सबै ठाउँ सुरक्षित र सहज रहेको भन्दै नहिच्किचाई घुम्न आउन आग्रह गरेका छन्। दुवै सङ्घले पहिलेकै जस्तो सबै प्रकारका सेवा दिन तयार रहेको जनाएका छन्। अध्यक्ष तामाङले स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न रसुवाबासी तयार रहेको बताउनुभएको छ।
यात्रामा कुनै कठिनाइ नहुने भएकाले ढुक्कसँग भ्रमण गर्न उहाँले अनुरोध गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


