४ कात्तिक २०८३ English
English

हिउँले अवरुद्ध सिमकोट–हिल्सा सडक खुल्यो, हिल्सा नाकाको आवतजावत सुचारु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हिउँले अवरुद्ध सिमकोट–हिल्सा सडक खुल्यो, हिल्सा नाकाको आवतजावत सुचारु

YouTube मा सब्स्क्राइब

हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको हुम्लाको सिमकोट–हिल्सा सडक फेरि सञ्चालनमा आएको छ। नाम्खा गाउँपालिका–५ को नारा लेक क्षेत्रमा थुप्रिएको हिउँ हटाएपछि यारी–हिल्सा खण्डमा यातायात सेवा सुचारु भएको छ। सडक योजना प्रमुख बेलबहादुर नेपालीका अनुसार तीन पटकसम्म हिमपात हुँदा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन चुनौती थपिएको थियो।

उपकरण र जनशक्ति परिचालन गरेर हिउँ पन्छाइएको उहाँले जानकारी दिनुभएको छ। नारा क्षेत्रको करिब १० किलोमिटर सडकमा धेरै हिउँ जमेको थियो र त्यसलाई हटाउन एउटा मात्र जेसीबी उपलब्ध थियो। सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर राउदका अनुसार हिउँ पन्छाउने काम सकिन करिब १४ दिन लागेको छ।

सडक बन्द हुँदा दसैँ मनाउन घर फर्किन चाहने करिब ९० जना हिल्सामा र झन्डै १ हजार २ सय जना चीनको ताक्लाकोटमा अड्किएका थिए। सिमकोटदेखि हिल्सासम्मको यो सडक करिब ९५ किलोमिटर लामो छ। सडक खुलेसँगै स्थानीयवासी, पर्यटक र चीनको पुराङ क्षेत्रमा रहेका नेपालीलाई हिल्सा नाका हुँदै आउजाउ गर्न सहज भएको छ।

स्रोत

सम्बन्धित समाचार