२३ असोज २०८३ English
English

ओमानमा लिग टु त्रिकोणात्मक सिरिज सुरु, नेपालको खेल आइतबार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ओमानमा लिग टु त्रिकोणात्मक सिरिज सुरु, नेपालको खेल आइतबार

YouTube मा सब्स्क्राइब

आईसीसी विश्वकप लिग टु अन्तर्गत ओमानमा आयोजक ओमान, नेपाल र क्यानडा सहभागी त्रिकोणात्मक सिरिज शुक्रबारदेखि सुरु हुँदै छ। पहिलो खेलमा ओमान र क्यानडा भिड्ने छन् भने नेपालले आफ्नो पहिलो खेल आइतबार क्यानडासँग खेल्ने छ। सन् २०२४ देखि चलिरहेको लिग टुमा नेपाल र क्यानडाका लागि यो अन्तिम र निर्णायक सिरिज हो।

नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ भने क्यानडासँग उति नै खेलबाट २५ अंक छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन र विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवै टोलीलाई जित अनिवार्य छ। टी–ट्वान्टीमा राम्रो प्रदर्शन गर्दै आएको नेपालका लागि एकदिवसीय ढाँचा भने सहज बन्न सकेको छैन।

नेपालले हालै मलेसियामा सम्पन्न एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ४४ रनले हराउँदै उपाधि जितेको थियो। सो जितसँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको छ।

स्रोत

सम्बन्धित समाचार