२३ असोज २०८३ English
English

विराटनगर किंग्सको प्रशिक्षकमा धम्मिका प्रसादलाई निरन्तरता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विराटनगर किंग्सको प्रशिक्षकमा धम्मिका प्रसादलाई निरन्तरता

YouTube मा सब्स्क्राइब

नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका धम्मिका प्रसादलाई प्रशिक्षकमा निरन्तरता दिएको छ। यससँगै आगामी सिजनमा पनि टोलीको प्रशिक्षण र रणनीतिक नेतृत्व उहाँकै जिम्मामा रहने भएको छ। दायाँ हाते द्रुत बलर प्रसादले श्रीलंकाको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० तीनै ढाँचामा अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ।

प्रशिक्षकका रूपमा उहाँले अमेरिकी राष्ट्रिय टोलीको सहायक तथा बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हालिसक्नुभएको छ। नेपाल र ओमानको राष्ट्रिय टोलीमा पनि उहाँ बलिङ प्रशिक्षक रहिसक्नुभएको छ। लङ्का प्रिमियर लिगमा कोलम्बो किंग्सको बलिङ प्रशिक्षक, क्यान्डी बोल्ट्सको प्रशिक्षण निर्देशक र क्यान्डी रोयल्सको सहायक प्रशिक्षक भएर उहाँले काम गर्नुभएको छ।

केम्यान आईल्याण्डको म्याच ६० प्रतियोगितामा पनि उहाँको प्रशिक्षण अनुभव छ।

स्रोत

सम्बन्धित समाचार