एनपीएलकै बेला आईसीसी बोर्ड बैठक नेपालमा गर्ने तयारी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको आगामी बोर्ड बैठक नेपाल प्रिमियर लिग एनपीएल चलिरहेकै बेला नेपालमा आयोजना गर्ने तयारी भएको छ। नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहका अनुसार यसबारे छलफल निकै अघि बढिसकेको छ। केही विषय टुंगो लाग्न बाँकी रहेकाले आधिकारिक घोषणा छिट्टै हुने उहाँले बताउनुभएको छ।
बैठक लिगको उत्तरार्धमा, थोरै खेल मात्र बाँकी रहँदा हुन सक्ने उहाँको भनाइ छ। आईसीसी प्रतिनिधिहरूको भ्रमणले नेपाली क्रिकेटका साथै पर्यटन क्षेत्रलाई पनि सघाउ पुग्ने उपाध्यक्ष सिंहले बताउनुभएको छ। यहाँको क्रिकेट माहोल प्रत्यक्ष देखेपछि नेपालप्रति आईसीसीको दृष्टिकोण बदलियोस् भन्ने उद्देश्य राखिएको उहाँले उल्लेख गर्नुभएको छ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदै छ। प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तयारीका काम तीव्र गतिमा भइरहेका छन्। सन् २०२४ मा सुरु भएको एनपीएलको मूल नारा 'फेस्टिभल अफ हिमालय' हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

